पाेखरा : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कास्की र स्याङ्जाका दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
कास्कीको पोखरा महानगरपालिका–६ की ८२ वर्षीया महिलाको चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । उहाँमा वैशाख १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उहाँमा श्वासप्रश्वासको समस्या थियो ।
त्यस्तै स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ का ६२ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उहाँमा वैशाख ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।