व्यास नगर खेलकुद विकास समिति गठन, अध्यक्षमा श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    व्यास नगर खेलकुद विकास समिति गठन, अध्यक्षमा श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    २१ बैशाख २०७८, बुधबार

    तनहुँ : व्यास नगरपालिकाले नगरस्तरीय खेलकुद विकास समिति गठन गरेको छ । बुधबार नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले नगर खेलकुद विकास समिति सञ्चालन कार्यविधि २०७८ को दफा ३ (१) बमोजिम नगर खेलकुद विकास समिति गठन गरेको हो ।

    नगर खेलकुद विकास समितिको अध्यक्षमा व्यास नगरपालिका–५ का वडाध्यक्ष एवं प्रवक्ता मोहनकुमार श्रेष्ठ नियुक्त हुनुभएको छ । उहाँ अखिल नेपाल फुटबल सङ्घ (एन्फा) तनहुँको वरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्छ ।

    समितिको सदस्यहरुमा सुरेश थापा, सुनसरी गुरुङ, बसुन्धरा घर्ती, प्रदीप आचार्य, अशोक गिरी, अमर थापा, कृष्ण पुन, सानुमाया श्रेष्ठ, इन्द्र गुरुङ, कृष्णबहादुर दरै, नम्रता गुरुङ नियुक्त हुनुभएको छ । समितिको सदस्य सचिवमा शिक्षा तथा सामाजिक विकास शाखा प्रमुख वा अधिकृत स्तरको प्रतिनिधि रहनेछन् ।