युवा सङ्घद्वारा सचेतनासँगै मास्क वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    युवा सङ्घद्वारा सचेतनासँगै मास्क वितरण

    खबरपुञ्ज संवाददाता

    २१ बैशाख २०७८, बुधबार

    दमाैली : युवा सङ्घ नेपाल व्यास नगर कमिटीले कोभिड विरुद्धको सचेतनासँगै मास्क वितरण गरेको छ । कोभिडको जोखिम बढिरहेको सन्दर्भमा नगरवासीलाई सुरक्षित रहन आग्रह गर्दै सङ्घले बुधबार दमौलीमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो ।

    May be an image of 1 person, standing and outdoors

    युवा सङ्घ नेपाल व्यास नगर कमिटीका सहसंयोजक अजित पन्थका अनुसार सचेतनामूलक कार्यक्रमसँगै सर्वसाधारणलाई दुई हजार सर्जिकल मास्क र पाँच सय थान पञ्जा वितरण गरिएको छ । दमौली बजार परिक्रमा गर्दै गरिएको सचेतनामूलक कार्यक्रममा नेकपा एमालेका जिल्लास्तरीय नेताको सहभागिता थियो ।

    May be an image of one or more people, people standing and outdoors
    May be an image of 1 person and standing