राजीनामाबारे छलफल गर्न माधव-झलनाथ समूहको बैठक बस्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राजीनामाबारे छलफल गर्न माधव-झलनाथ समूहको बैठक बस्दै

    खबरपुञ्ज संवाददाता

    २५ बैशाख २०७८, आईतवार

    काठमाडौं : नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरुले राजीनामा दिनेबारे थप छलफल गर्न स्थायी कमिटी बैठक बस्ने भएको छ ।

    शनिबार साँझ बसेको सांसदहरुको बैठकले २ जेठ २०७५ मा फर्कन अध्यक्ष केपी शर्मा ओलीलाई २४ घण्टे अल्टिमेटम दिने निर्णय गरेको थियो ।

    तर अदालतको फैसलाअनुसार एमाले पार्टी संरचना, विधान र नेतृत्व मान्न ओली तयार नभए सामुहिक राजीनामा गर्न सांसदहरु तयार भएका छन् । यसबारे थप छलफल गर्न आज स्थायी कमिटी सदस्यहरुको बैठक हुँदैछ । तर समय भने निश्चित भएको छैन ।

    प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका निम्ति भोलि संसद्को अधिवेशन बोलाइएको छ । त्यस अगाडि नै ओली २८ फागुन यताको निर्णय रद्ध गर्न तयार नभए नेपाल समूहका सांसदहरुले राजीनामा गर्ने तयारी भएको छ ।