काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको पक्षमा उभिन आह्वान गर्दै आफूले कसैलाई पनि पक्षपात नगर्ने प्रतिबद्धता जनाउनुभएको छ। अध्यक्ष ओलीले पार्टीलाई मजबुत पार्दै अघि बढ्ने महान कार्यमा सरिक हुन अनुरोध गर्नुभएको छ ।
‘म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु । तसर्थ पार्टीलाई मजबुत पार्दै अघि बढ्ने महान कार्यमा सरिक हुन म सबैलाई आग्रह गर्दछु’ उहॉले भन्नुभएको छ । ओलीले सामुहिक राजीनामा दिनू अपराध हुने भन्दै यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरुलाई आग्रह गर्नुभयो
आइतबार एक विज्ञप्ति जारी गर्दै उहॉले फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामुहिक राजीनामा गर्ने जस्ता हानिकारक प्रयास भएको भन्दै त्यस्तो कार्यलाई अपराध भन्नुभएको छ ।