तनहुँ : तनहुँकाे व्यास नगरपालिका-१ का एक पुरुषकाे काेराेना सङ्क्रमणबाट मृत्यु भएकाे छ । चितवन मेडिकल कलेजमा उपचाररत ४१ वर्षीय पुरुषको आज बिहान १:४२ बजे मृत्यु भएकाे हाे ।
उहाँ वैशाख २६ गते निमोनियाको समस्या भई उपचारका लागि अस्पताल भर्ना हुनुभएकाे थियाे । सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएका उहाँको उपचारका क्रममा कोभिड सघन उपचारकक्षमा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।