तनहुँ : नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले कल्याणकारी कोष स्थापना गर्ने भएको छ । शाखाको शनिबार भर्चुअच माध्यमबाट सम्पन्न बैठकले कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको हो ।
कल्याणकारी कोष स्थापनाका लागि पत्रकार, शुभेच्छुक र सहयोगी संस्थालाई सहयोग गर्न आग्रह गरिएको सङ्घका अध्यक्ष उज्वल पौडेलले बताउनुभयो ।
बैठकले क्रियाशील पत्रकारहरुको दुर्घटना बीमाका लागि आर्थिक सहयोग गर्ने व्यास नगरपालिकालाई धन्यवाद ज्ञापन गरेको छ । कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण दिनप्रतिदिन बढिरहेकाले स्वास्थ्य सावधानी अपनाई पेशागत कर्तव्य निर्वाह गर्न महासङ्घले सञ्चारकर्मीलाई आग्रह गरेको छ ।