आइतबार ६६४८ संक्रमणमुक्त, १४५ को मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आइतबार ६६४८ संक्रमणमुक्त, १४५ को मृत्यु

    खबरपुञ्ज संवाददाता

    १ जेष्ठ २०७८, आईतवार

    काठमाडौँ :  देशभर आइतबार ७ हजार ३ सय ६८ जना कोभिड संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १९ हजार ५३९ नमुनाको परीक्षण गर्दा ७ हजार ३ सय १६ जना र ३ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

    उपत्यकामा मात्र २ हजार ६ सय ९  जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  काठमाडौँमा १ हजार ८८१ जना, ललितपुरका ४३६ जना र भक्तपुरका २९२ जना छन् ।

    देशभर संक्रिय संक्रमितको संख्या १ लाख १० हजार २ सय ६३ पुगेको छ । ६ हजार ६ सय ४८ जना संक्रमणमुक्त  भएका छन् ।  आज १ सय ४५ जनाको मृत्यु भएको छ ।