तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँमा थप एक जनाको मृत्यु भएको छ । व्यास नगरपालिका-१३ का ८० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
उहॉको पोखरास्थित गण्डकी मेडिकल कलेजमा बुधबार मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उहॉमा वैशाख २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
यस्तै तनहुँमा बिहीबार ९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ४५ महिला र ४८ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।