अक्सिजन प्लाण्ट निर्माणका लागि बतास ग्रुपलाई एक लाख सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    अक्सिजन प्लाण्ट निर्माणका लागि बतास ग्रुपलाई एक लाख सहयोग

    राजेन्द्र परियार

    ५ असाेज, २०८१

    दमाैली : कोरोना भाइरसको महामारीले देश अहिले आक्रान्त छ । नेपालका विभिन्न ठाउँमा कोरोना सङ्क्रमितहरुले अक्सिजन नपाएर ज्यान गुमाएका छन् । देशभर रहेका अक्सिजन प्लाण्टले पर्याप्त मात्रामा अक्सिजन उत्पादन गर्न सकिरहेको छैनन् ।

    यस्तो अवस्थामा विभिन्न सङ्घ संस्थाहरुले निजी क्षेत्रबाट अक्सिजन प्लाण्ट स्थापनाका लागि सरकारसँग सहकार्य गरिरहेका छन् । निजी क्षेत्रको व्यावसायिक समूहले पनि अक्सिजन प्लाण्ट खोल्ने निर्णय गरेसँगै देश विदेशबाट सहयोग जुट्ने क्रम जारी छ ।

    तनहुँको व्यास–३ घरभई हाल हङकङमा रेस्टुरेण्ट व्यवसाय सञ्चालन गर्दै आउनुभएका सेफ एवं समाजसेवी मोहन बतासले बतास ग्रुपले निर्माण गर्न लागेको अक्सिजन प्लाण्टका लागि रु एक लाख सहयोग गर्नुभएको छ । अक्सिजनको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भनेर आफूले सहयोग गरेको उहाँले बताउनुभयो ।