मिर्गौला उपचार केन्द्रलाई पिपिई सहित स्वास्थ्य सामग्री
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    मिर्गौला उपचार केन्द्रलाई पिपिई सहित स्वास्थ्य सामग्री

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमाैली : दमौली अस्पतालमा रहेको राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा दुई हार्डवेयर सञ्चालकले पिपिई सहितको स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । कोरोना कहरमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई सुरक्षित भएर सेवामा खटिन सहयोग होस् भन्ने हेतुले दमौलीस्थित भूपाल हार्डवेयर र दिल हार्डवेयरको तर्फबाट पिपिई सहितको स्वास्थ्य सामग्री शुक्रबार हस्तान्तरण गरिएको हो ।

    भूपाल हार्डवेयरका सञ्चालक भूपाल आले र दिल हार्डवेयरका सञ्चालक दिलबहादुर दरैले मिर्गौला उपचार केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितलाई पाँच थान पिपिई, १४ थान फेसशिल्ड, एक सय ५० थान मास्क र स्यानीटाइजर हस्तान्तरण गर्नुभएको छ । मिर्गौला उपचार केन्द्रमा दुई कोरोना सङ्क्रमित मिर्गौला पीडित सहित ६३ जनाले डायलासिस गर्दै आइरहेका छन् ।

    कोरोना कहरका बेला अहोरात्र सेवामा खटिएका स्वास्थ्यकर्मीलाई हौसला प्रदान गर्न स्वास्थ्य सामग्री प्रदान गरिएको भूपाल हार्डवेयरका सञ्चालक भूपाल आलेले बताउनुभयो । स्वास्थ्य सामग्रीले सुरक्षित भएर बिरामीको सेवामा खट्न प्रेरणा मिल्ने मिर्गौला उपचार केन्द्रका इन्चार्ज पण्डितले बताउनुभयो ।

    विसं २०७२ साल मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलो पटक डायलासिस केन्द्र स्थापना भएको थियो । केन्द्रले हालसम्म करीब २५ हजार भन्दा बढी पटक डायलासिस सेवा प्रदान गरेको छ । केन्द्रमा ९ वटा डायलासिस गराउने उपकरण रहेको छ ।