राष्ट्रपतिको ठहर : ओली र देउवा दुवैको दावी पुगेन, प्रतिनिधिसभा संवैधानिक रुपमा विघटनको प्रक्रियामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रपतिको ठहर : ओली र देउवा दुवैको दावी पुगेन, प्रतिनिधिसभा संवैधानिक रुपमा विघटनको प्रक्रियामा

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम प्रधानमन्त्रीमा दाबी गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरवहादुर देउवा दुवै जनाको बहुमतको आधार प्रस्तुत गर्न नसकेको ठहर गरेपछि अब प्रतिनिधिसभा संवैधानिक रुपमा विघटनमा गएको छ ।

    राष्ट्रपति कार्यालयले शुक्रवार राति वक्तव्य जारी गर्दै प्रधानमन्त्रीका दुवै दाबेदारले पेश गरेको दाबीमा आधार नपुगेको जनाएको छ ।

    धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठन हुन नसकेपछि अब प्रतिनिधि सभा संविधान वमोजिम भंग भएको छ । अब प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा मुुलुक चुनावमा जानेछ ।