सात वर्षपछि एट्लेटिको ला लिगा च्याम्पियन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    सात वर्षपछि एट्लेटिको ला लिगा च्याम्पियन

    खबरपुञ्ज संवाददाता

    ७ जेष्ठ २०७८, शनिबार

    एजेन्सी : स्पेनिस ला लिगा अन्तर्गत आज सम्पन्न अन्तिम चरणको खेलमा जित निकालेसँगै एट्लेटिको मड्रिड च्याम्पियन बनेको छ। जोस जोरिल्ला स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली भालाडोलिडमाथि १-२ को पुनरागमन जित निकाल्दै एट्लेटिको च्याम्पियन बनेको हो।

    खेलको १८ औं मिनेटमा ओस्कार प्लानोको गोलम अग्रता बनाएको भालाडोलिड पहिलो हाफमा एक गोलले अघि रहेको थियो। तर दोस्रो हाफमा पुनरागमन गर्न एट्लेटिको सफल रह्यो। एट्लेटिकोका एन्जेल कोरेराले ५७ औं मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा ल्याए। त्यस्तै ६७ औं मिनेटमा लुइस स्वारेजले गोल थप्दा एट्लेटिको मड्रिडले जित आफ्नो पक्षमा पार्‍यो। सन् २०१३/१४ पछि एट्लेटिकोले पहिलो पटक ला लिगा च्याम्पियन बनेको हो।

    शीर्ष दुईमा समेटियो रियल

    त्यस्तै उपाधि होडमा रहेको अर्को टोली रियल मड्रिड शीर्ष दुईमा समेटियो। आजै घरेलु मैदान सम्पन्न अन्तिम खेलमा भिल्लारियलमाथि २-१ गोलअन्तरले जित निकाले पनि रियल मड्रिडले उपाधि सुरक्षित गर्न सकेन। रियलको जितमा करिम बेन्जेमा र लुका मोड्रिचले समान १/१ गोल गरे भने भिल्ला रियलका  येरेमी पिनोले एक गोल फर्काए। जितका लागि रियलले आफ्नो जितसँगै एट्लेटिको मड्रिडको बराबरी या पराजयको समीकरण कुर्नुपर्ने अवस्था थियो।

    बार्सिलोना तेस्रो

    त्यस्तै आईबरमाथि संघर्षपूर्ण जित निकालेको बार्सिलोना तेस्रो स्थानमा समेटियो। उपाधिको होडबाट यसअघि नै बाहिरिसकेको बार्सिलोनाको जितमा एन्टोनी ग्रिजमनले निर्णायक गोल गरे।