तनहुँ : व्यास नगरपालिका–१३ र १४ मा रहेको स्वास्थ्य चौकीलाई आपतकालिन स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको छ । एसओएस वालग्राम नेपाल गण्डकीद्वारा सञ्चालित समुदायमा आधारित परिवार सवलीकरण कार्यक्रम अन्र्तगत स्वास्थ्यचौकीलाई आपतकालिन स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
एसओएस वालग्रामका कार्यक्रम अधिकृत संजय अर्याल, ईन्टर्नशिप किरण गाहा मगर र परियोजना संयोजक अमृत पन्थीले वडा नम्बर १३ का वडाध्यक्ष लेखबहादुर राना, स्वास्थ्यचौकीका इन्चार्ज सागर तिवारीलाई अक्सिजन सिलिन्डर एक थान, अक्सिमिटर २ थान, थर्मल गन २ थान, पिपिई किट सेट ५ थान, फेससिल्ड २० थान, नेवुलाईजर २ थान, हेण्ड मेटल स्टयाण्ड १ थान, ग्लोव्स ५०० थान, सर्जिकल मास्क ११००० पिस, रिसेवल मास्क १०० थान, सेनिटाईजर २० लिटर, फिनेल २० लिटर, सावुन २०५० पिस लगायतका सामग्री हस्तान्तरण गर्नुभयो ।
यसैगरी वडा नं १४ स्थित स्वास्थ्यचौकीका लागि बालग्रामका परियोजना संयोजक अमृत पन्थी, परियोजना लेखापाल भरत पौडेल, सामुदायिक परिचालक विमला आले र सोनम थापाले वडा नम्बर १४ का वडाध्यक्ष काजीमान श्रेष्ठ, नगर कार्यपालिका सदस्य नरिमाया राना, वडासदस्यहरु मोहन कुमार थापा, रिकेश थापा, सीता सुनार र अहेव पप्पु पंकज यादवलाई संयुक्त रुपमा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो ।
उक्त स्वास्थ्यचौकीका लागि अक्सिजन सहितको सिलिण्डर १ थान, अक्सिमिटर २ थान, थर्मल गन २ थान, पिपिई किट सेट ५ थान, फेस सिल्ड २० थान, नेवुलाईजर २ थान, हेण्ड मेटल स्टयाण्ड १ थान, ग्लोव्स ५०० थान, सर्जिकल मास्क ८००० पिस,रिसेवल मास्क १०० थान, सेनिटाईजर २० लिटर, फिनेल २० लिटर, सावुन १४५० पिस लगायतका सामग्री हस्तान्तरण गरिएको छ ।
वडाध्यक्ष काजीमान श्रेष्ठले स्वास्थ्य संकट र महामारीको समयमा बालग्रामबाट समुदायका लागि कार्य अत्यन्तै सराहनीय रहेको बताउनुभयो । अहेव पप्पु पंकज यादवले स्वास्थ्य सामग्रीको सहयोगले राहत मिलेको बताउनुभयो ।
परियोजना संयोजक अमृत पन्थीले संस्थाले बालबालिकाका लागि मात्र नभई संकटको वेलामा समुदायमा आधारित कार्यक्रम गर्ने बताउनुभयो ।