काठमाडौ: सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत चाइनिज ताइपेविरुद्धको खेलमा नेपालले जित हात पारेको छ।
जाबेर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालले ताइपेलाई २–० गोल अन्तरले पाराजित गरेको हो।
नेपालका लागि मिडफिल्डर सन्तोष तामाङ र नवयुग श्रेष्ठले गाोल गर्नुभयो । नेपालले खेलको चौथो मिनेटमै अग्रता लिएको थियो । नेपालका लागि अन्जन विष्टले गोल गर्नुभएको थियो। सन्तोष तामाङको फ्रिकिकमा विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि नेपालले पेनाल्टी पाएको थियो । उहॉले उक्त पेनाल्टीमा गोल गर्नुभएको हो ।
८२ औं मिनेटमा नवयुगले गोल गर्दै नेपाललाई २-० को जित दिलाउनुभयो ।