दुई गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोकियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    दुई गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोकियो

    खबरपुञ्ज संवाददाता

    २५ जेष्ठ २०७८, बुधबार

    एजेन्सी: फिफा विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले फेरि बरबारी खेलेको छ । आज विहान सकिएको खेलमा अर्जेन्टिनाले कोलम्बियासँग २–२ गोलको बराबरी खेलेको हो ।

    यो सँगै अर्जेन्टिना १२ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ भने कोलम्बिया ८ अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको छ ।
    २ गोलको अग्रता बनाएको अर्जेन्टिनाले अन्तिम समयमा आफूलाई सम्हाल्न नसक्दा महत्वपूर्ण २ अंक गुमाउन बाध्य भयो ।

    क्रिष्टियन रोमेरोले तेस्रो मिनेटमै गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । रोड्रिगोको पासलाई सदुपयोग गर्दै रोमेरोले हेडर गोल गरेका थिए । लियोनार्दो पेरेजले आठौं मिनेटमा गोल गरेपछि अर्जेन्टिनाले शुरुमै २–० को अग्रता बनाउन सफल रह्यो । तर, दोस्रो हाफमा अर्जेन्टिनाले आफूलाई सम्हाल्न नसक्दा बराबरीमा चित्त बुझायो ।

    अर्जेन्टिनाको निकोल ओटामेन्डिले ४९ औं मिनेटमा डी बक्स भित्र फल गरेपछि कोलम्बियाले पेनाल्टी पाएको थियो । सोही पेनाल्टी अबसरलाई कोलम्बियाको लुसि मोरियलले ५१ औं मिनेटमा गोलमा परिणत गरेपछि कोलम्बिया खेलमा फर्कने शंकेत गरेको थियो ।

    लगातार अर्जेन्टिनामाथि दबाव बनाएको कोलम्बियाले ९४ औं मिनेटमा बराबरी गोल गरेका थियो । उसका लागि मिगुएल बोर्जाले जुआन कुडार्डोको क्रसमा हेडर गोल गर्दै जाली चुमाएका थिए । त्यसपछि थप गोल नभएपछि अर्जेन्टिना र कोलम्बिया २–२ गोलको बराबरीमा रोकिए ।

    यस्तै आजै बिहान भएकाे अर्का खेलमा उरुग्वे र भेनेजुएला गाेलरहित बराबरीमा राेकिएका छन् ।