युराे२०२०: डेनमार्कका खेलाडी मैदानमै अचेत, खेल स्थगित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    युराे२०२०: डेनमार्कका खेलाडी मैदानमै अचेत, खेल स्थगित

    खबरपुञ्ज संवाददाता

    २८ जेष्ठ २०७८, शनिबार

    एजेन्सी : शुक्रबारदेखि सुरु भएको युरो २०२० अन्तर्गत समूह ए को दोस्रो खेलमा फिनल्यान्डविरुद्ध खेलिरहेका डेनमार्कका खेलाडी क्रिस्टियन एरिकसन मैदानमा ढलेका छन् ।

    खेलको ४२औं मिनेटमा फिन्ल्यान्डको डिफेन्सिभ हाफको साइडलाइन नजिकै हिँडिरहेका एरिकसन हुरिएर ढलेका हुन् । उनी ढलेपछि ‘अन्मुभ्ड’ रहेको न्यूयोर्क टाइम्सले बताएको छ ।

    उनी ढले पश्चात तुरुन्तै मेडिकल टोलीले मैदानमा डेनमार्कका खेलाडीले घेरेर उपचार गरिएको थियो । अहिले उनको उपाचार डगआउट नजिकै भइरहेको छ । उनको उपचार जारी रहँदा डेनमार्कका खेलाडीको आँखा आशु भरिएको थियो भने फिन्ल्यान्डका खेलाडी पनि स्तब्ध भएका थिए ।

    युइएफले मेडिकल इमर्जेन्सीका कारण यो खेल स्थगित गरिएको घोषणा गरेको छ । ४२ मिनेटसम्म दुवैतर्फबाट गोल भएको थिएन भने डेनमार्कले निरन्तर फिनल्यान्डको रक्षापंक्तिमाथि आक्रमण गरेको थियो ।