दमौली : फेन्सी, भाडा लगायतका पसल खोल्न पाउनुपर्ने माग गर्दै दमौलीका व्यवसायी र प्रहरीबीच सोमबार बिहान विवाद भएको छ। निषेधाज्ञा अवधिमा अत्यावश्यका अलवा वर्कसप, पुस्तक पसल खोल्न दिने सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अमान्य रहेको भन्दै व्यवसायीले यस्तो माग गरेको हो ।
“कसैले खोलेको खोल्यौ गर्ने हामी चॉही मर्कामा परिरहने,” एक व्यवसायीले भन्नुभयो, “नियम सबैलाई बराबर हुनुपर्छ ।” तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले केन्द्रको निर्णयमा आफूहरुको असहमति रहेको बताउनुभयो ।
व्यवसायी र प्रहरीबीच विवाद हुँदै गर्दा पुग्नुभएका प्रहरी उपरिक्षक अरुण पौडेलले मान्छे भीडभाड गरेर झन् जोखिम हुने भएकाले भीड नगर्न आग्रह गर्नुभयो । व्यवसायीका प्रतिनिधिसँग बसेर यस विषयमा छलफल गर्ने सो क्रममा पौडेलले बताउनुभयो ।