दमौली : ऋषिङ गाउँपालिका-१ निवासी मिर्गौला पीडिक मिनमाया थापालाई इन्जिनियर सुजन विष्टले रु पॉच हजार सहयोग गर्नुभएको छ । उपचारमा सहयोग पुर्याउन विष्टले मिर्गौलै पीडित थापालाई उक्त रकम सहयोग गर्नुभएको हो।
व्यास नगर जेसीजका अध्यक्ष लक्ष्मीभक्त खनालको उपस्थितिमा सोमबार उक्त रकम हस्तान्तरण गरिएको छ।
मिर्गौला पीडित थापाले दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा डायलासिस गराउँदै आउनुभएको छ। निषेधाज्ञामा सवारी नचलेपछि श्रीमान् तिलबहादुर थापाले चार घण्टा बोकेर श्रीमतीलाई डायलासिसका लागि ल्याउने गर्नुहुन्छ ।
जेसीजले गत हप्ता र सोमबार मिर्गौला पीडितलाई निशुल्क यातायात सेवा उपलब्ध गराएको थियो ।
निषेधाज्ञाका कारण सार्वजनिक सवारी सञ्चालन नहुँदा मिर्गौला पीडित मारमा परेका छन् ।