दमाैली : तनहुँको नगरपालिका–१४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दी वाराही मन्दिरमा बाढी पसेको छ । सोमबारदेखि परेको वर्षाका कारण छाब्दीखोलामा आएको बाढी मन्दिर परिसरमा पसेको हो ।
निरन्तर परेको झरीले छाब्दी खोलाको बहाव बढेपछि मन्दिर परिसरमा बाढी पसेको हो । यद्यपि अहिलेसम्म कुनै क्षति भने नभइसकेको स्थानीयले बताएका छन् । ठूलो वर्षा हुँदा वर्षेनी छाब्दी मन्दिरमा खोला पस्ने गरेको छ ।
भिडिओ : मनिषा पन्त