फाइल तस्वीर
मनाङ : चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदीमा पहिरो खस्दा पूर्णरुपमा थुनिएको छ। वडा नं ४ र ५ जोड्ने मस्र्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयाे ।
उहाँले भन्नुभयाे, ‘अहिले यहाँ निरन्तर वर्षा भइरहेको छ, चामेबजार जाने ठूलो पुल नजीक पहिरो खस्दा मर्स्याङ्दी नदी थुनिएको छ, नदी थुनिँदा पानीको सतह झन्झन् बढ्दै गएको छ, जोखिम झनै बढेको छ।’ चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गामाटो र काठदाउरा बगाएर ल्याएपछि नदी थुनिएको हो।
माथिबाट झरेको पहिरो ढुङ्गामाटो र काठदाउराले मस्र्याङ्दी नदी थुनिँदा पानी जमेर ठूलो ड्याम बनेको छ। थुनिएको भागबाट मस्र्याङ्दी बगे पनि पानी निरन्तर परिरहेकाले बहाव बढेको छ। यसबाट चामेको पारिपट्टिको भाग डुबानमा छ। सिङ्गो चामेबजार जोखिममा परेको छ। बाढीले चामेबाट माथिल्लो मनाङतर्फ जाने एकमात्र बेलीब्रिजसमेत कटान गरेको छ। नदीमा बाढी बढ्दै गएकाले चामेबजार उच्च जोखिममा परेको छ।
प्रजिअ लामिछानेका अनुसार नदीको बहाव बढ्दै गएको र यसले चामेबजार थप जोखिममा परेको छ। उहाँले नेपाली सेनामार्फत बम विस्फोट गराई मर्स्याङ्दी खुलाउने भनिएकामा पानी निरन्तर परिरहेकाले समस्या भएको बताउनुभयाे ।
सुरक्षाका सबै निकायसँग समन्वय गरी अहिले खुलाउने प्रयास भइरहेको छ । लगातारको वर्षातले पानीको बहाव बढेकाले जोखिम उच्च रहेको छ। त्यही कारण चामे क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन भनिएको छ।