निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको योजना अनुगमन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको योजना अनुगमन

    खबरपुञ्ज संवाददाता

    १३ असार २०७८, सोमबार

    दमाैली : निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा सञ्चालित विभिन्न योजनाको सोमबार अनुगमन गरिएको छ ।

    कार्यक्रम अन्तर्गत व्यास, बन्दीपुर र आँबुखैरेनीमा सञ्चालित विभिन्न योजनाको गण्डकी प्रदेश सभा सदस्य सरिता गुरुङको नेतृत्वमा अनुगमन गरिएको हो । अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, सदस्य एवं प्रवक्ता गलबहादुर गुरुङ, सम्बन्धित पालिकाका उपप्रमुख, वडाध्यक्ष, पूर्वाधार विकास कार्यालयका अधिकृत दधिराज पौडेल, इन्जिनियर ओमप्रकाश गिरी लगायतको उपस्थिति थियो ।

    May be an image of 2 people, people standing, tree and outdoors
    May be an image of standing, tree and mountain

    उक्त टोलीले आँबुखैरेनी–३ स्थित अलस्टार क्लवको भवन, आँबुखैरेनी–२ स्थित ढकालटार चक्रपथ नाला निर्माण, बन्दीपुर–१ स्थित भुडाटार खानेपानी योजना, सोही वडाकोा बन्दीपुर महिला विकास बहुउद्देश्यीय सहकारी भवन, गिरनचौर खेलमैदान, बन्दीपुर–४ स्थित पातलेद्वार राम सीता मन्दिर र व्यास–१ स्थित चारकुने मोटरमार्ग, सोही वडाको पहेले कुवा मोटरमार्गको अनुगमन गरेको जिल्ला समन्वय समितिका प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।

    May be an image of 5 people, including Shanti Raman Wagle, people standing, road and tree