तनहुँ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाढीपहिरो पीडितको उद्धारमा जुट्न आग्रह गर्नुभएको छ । तनहुँमा बिहीबार बाढीपहिरोले क्षति पु¥याएपछि वरिष्ठ नेता पौडेलले सरकारका संयन्त्रलाई उचित व्यवस्थापन गर्न आग्रह गर्नुभएको हो ।
तनहुँमा बाढीपहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । कयौ घर पहिरोले पुरिएका छन् ।
बाढीपहिरोमा ज्यान गुमाउनेप्रति चीरशान्तिको कामना गर्दै वरिष्ठ नेता पौडेलले भन्नुभयो, “विपद् व्यवस्थापनमा सरकारले उचित ध्यान पु¥याउन नसक्दा देशभर ठूलो मात्रामा क्षति भएको छ । सरकारलाई आफ्ना संयन्त्रको उचित व्यवस्थापन गर्न जोडदार माग गर्दै हाम्रा नेता कार्यकर्ता साथीहरूमा सतर्क रहन अनुरोध छ ।”