तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँका थप दुईको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार व्यास र शुक्लागण्डकीका दुई पुरुषको मृत्यु भएको हो ।
व्यास–१२ का ५० वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो । उहाँमा असार ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
शुक्लागण्डकी–६ का ६८ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो । उहाँमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
४४ थपिए
यसैगरी शुक्रबार जिल्लामा ४४ जना कोरोना सङ्क्रमण थपिएका छन् । थपिनेमध्ये २४ महिला र २० पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । त्यसमध्ये १७ जना एन्टिजेनबाट पहिचान भएका हुन् ।