तनहुँ : पछिल्लो २४ घण्टाको अवधिमा कोरोना सङ्क्रमणबाट तनहुँमा मृत्यु हुनेको सङ्ख्या शुन्य छ । शुक्रबार मात्रै तनहुँका दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार सार्वजनिक गरेको विवरण अनुसार लमजुङका एक महिलाको मृत्यु भएको छ ।
यसैगरी तनहुँमा शनिबार २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थपिनेमध्ये १० महिला र ११ पुरुष छन् ।