


तनहुँ : तनहुँमा बुधबार २० जना कोरोना सङ्क्रमित थपिएका छन् । कूल परीक्षणको २० प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो ४ घण्टाको अवधिमा ९६ जनाको कोरोना परीक्षण गरिएकामा दश महिला र दश पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस अवधिमा तनहुँमा कोरोनाबाट मृत्य हुनुको सङ्ख्या शुन्य छ ।