पोखरा : गण्डकी प्रदेश सरकारका गुई विनाविभागीय मन्त्री हरिशरण आचार्य र दीपक मनाङेले मन्त्रालय पाउनुभएको छ । आन्तरिक किचलोका कारण सरकार बनेदेखि विना विभागीय रहनुभएका यी दुई मन्त्रीले मन्त्रालय लिनुभएको हो ।
आचार्यले ऊर्जा तथा मनाङेले युवा तथा खेलकुद लिनुभएको छ । यसअघि आचार्यले आफूलाई अर्थ मन्त्रालय दिनुपर्ने दाबी गर्दै आउनुभएको थियो । विश्वासको मत लिने दिन दिन कांग्रेस नेतृत्व सरकारले जसपालाई अर्थसहित २ मन्त्रालय दिने सहमति गरेपनि सहमति तोडेपछि किचलो सुरु भएको थियो ।
अर्का मन्त्री मनाङेले आफूले भौतिक पूर्वाधार पाउनु पर्ने अडान लिनुभएको थियो। यो सँगै गण्डकीमा ४ जना मन्त्रीको जिम्मेवारीको टुंगो लागेको छ । यसअघि कुमार खड्काले सामाजिक विकास तथा मधुमाया अधिकारीले स्वास्थयको जिम्मा पाइसक्नुभएको छ ।