पोखरा : गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङको पहलमा तनहुँ सहित विभिन्न जिल्लाका अस्पताललाई अक्सिजन सिलिन्डर वितरण गरिएको छ । कोभिड-१९ महामारी नियन्त्रणका लागि गुरुङको पहलमा तनहुँ, लमजुङ, कास्की र मुस्ताङका ७ अस्पतालका लागि अक्सिजन सिलिन्डर वितरण गरिएको हो ।
गुरुङको अनुरोधमा अमरधन फाउण्डेशनका संस्थापकद्वय हङकङ निवासी सिन हो तङ र त्रिलोक गुरुङले १२५ थान ठूलो अक्सिजन गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गर्नुभएको थियो ।
उक्त सिलिन्डर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आपूर्ति शाखाले
लमजुङ अस्पताललाई १७ थान, भिमाद नगरपालिका (भिमाद स्वास्थ्य केन्द्र) लाई २० थान, जिपि कोइराला अस्पताललाई १८ थान, दमौली अस्पताललाई २०थान, मध्यविन्दु अस्पताललाई १० थान, मुस्ताङ अस्पताललाई २० थान र गण्डकी संक्रामक तथा सरूवा रोग उपचार अस्पताललाई २० थान उपलब्ध गराइएको गुरुङको सचिवालयले जनाएको छ ।
भिमादलाई अक्सिजन कन्सनट्रेटर
यसैगरी गैरआवासीय सङ्घ हङकङद्वारा भिमाद स्वास्थ्य केन्द्रलाई १० लिटर क्षमताको अक्सिजन कन्सनट्रेटर उपलब्ध गराइएको छ । उक्त कन्सनट्रेटर पनि गुरुङकै पहलमा प्राप्त भएको हो ।