काठमाडौँ : नेकपा एमालेका नेता माधवकुमार नेपाललाई भेट्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेपाल निवास पुग्नुभएकाे छ ।
दुवै नेता कोटेश्वरस्थित नेपाल निवास एकै समयमा पुगेको प्रचण्डको सचिवालयले जनाएको छ । भेटवार्तामा वृहत बाम एकताका विषयमा छलफल हुने बुझिएको छ । छलफलमा नेता धर्मेन्द्र बास्तोला पनि सहभागी हुनुहुन्छ ।
तरल राजनीतिक अवस्थामा भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ। ओली सरकारको बर्हिगमनपछि विप्लवले पहिलो पटक बुधबार प्रचण्डसँग खुमलटार पुगेर भेट्नुभएकाे थियाे । भेटमा सबै माओवादी घटकबीच एकीकरण हुनुपर्ने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।