डिभिजनको वनको प्रगति : वित्तीय ९१.५, भौतिक सय प्रतिशत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डिभिजनको वनको प्रगति : वित्तीय ९१.५, भौतिक सय प्रतिशत

    खबरपुञ्ज संवाददाता

    ३१ असार २०७८, शुक्रबार

    तनहुँ : डिभिजन वन कार्यालय तनहुँले आर्थिक वर्ष ०७७/७८ मा वित्तीयतर्फ ९१.५ प्रतिशत प्रगति हासिल गरेको छ । सङ्घ र प्रदेशबाट विनियोजित रकममध्ये कार्यालयले उक्त वर्ष ९१.५० प्रतिशत बजेट खर्च गरेको जनाएको छ ।

    कूल पाँच करोड ३५ लाख बजेट विनियोजन भएकामा त्यस अवधिमा रु चार करोड ९० लाख खर्च भएको कार्यालय प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । प्रदेशतर्फको तीन करोड २३ लाख विनियोजन भएकामा दुई करोड ९३ लाख खर्च भएको छ । सङ्घीय शशर्ततर्फ ९२ लाख ५० हजार विनियोजन भएकामा ८६ लाख खर्च भएको छ भने प्रदेश शशर्ततर्फ एक करोड २० लाख विनियोजन भएकामा एक करोड ११ लाख खर्च भएको काफ्लेले बताए । भौतिकतर्फ भने कार्यालयले एक सय प्रतिशत प्रगति हासिल गरेको छ ।

    शुक्रबार आयोजित कार्यक्रममा काफ्लेले कार्यालयले एक वर्षको अवधिमा गरेका विभिन्न कामको विवरण सार्वजनिक गरे। सो अवसरमा सामुदायिक तथा कवुलियती वन विकास कार्यक्रम, जडिबुटी, बिरुवा उत्पादन, फलफूल बिरुवा खरिद तथा वितरण, वन डढेलो नियन्त्रण तथा वयवस्थापन योजना, सामुदायिक वनमा वन सम्बद्र्धन कार्य लगायतका विवरण प्रस्तुत गरिएको थियो ।