अङ्ग्रेजी भाषाका विद्यार्थीलाई उपहार सामग्री हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अङ्ग्रेजी भाषाका विद्यार्थीलाई उपहार सामग्री हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०७८, मंगलवार

    तनहुँ : नेपाल इङ्गलिश ल्याङ्वेज टिचर्स एशोसिएसन (नेल्टा) तनहुँले जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई उपहार सामग्री प्रदान गरेको छ । नेल्टाको एक्सेस प्रोगाम अन्तर्गत अङ्ग्रेजी भाषा कक्षामा अध्ययनरत ४० विद्यार्थीलाई अमेरिकी दुतावास रेलो अफिसबाट प्राप्त उपहार प्रदान गरिएको हो ।

    भर्चुअल कक्षाका लागि ४० थान नोकिया मोवाइल, ४० थान झोला, ४० थान टिसर्ट र ४० थान सिमकार्ड प्रदान गरिएको नेल्टा तनहुँका संस्थापक अध्यक्ष चक्रबहादुर अधिकारीले जानकारी दिए । सोही अवसरमा अधिकारीले संस्थाले स्थापनाकालदेखि हालसम्म गरेका विविध गतिविधि बारे प्रकाश पारेका थिए ।

    No description available.

    व्यास-१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा मङ्गलबार आयोजित कार्यक्रममा उक्त सामग्री हस्तान्तरण गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नेल्टा तनहुँले अङ्ग्रेजी भाषा स्तर वृद्धिका लागि गर्दै आएको क्रियाकलापको सराहना गरे । नेल्टा तनहुँका अध्यक्ष लालप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रम्हदत्त तिमिल्सिना, नेल्टाका उपाध्यक्ष बसन्त कंडेल, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, नेल्टा तनहुँका गण्डकी उपाध्यक्ष रामचन्द्र पोख्रेल, पूर्वअध्यक्ष कृष्णहरि गैरे लगायतले नेल्टाका कार्यको चर्चा गरे ।