जन्मदिनमा युवा व्यवसायी पन्थद्वारा उज्यालो घरलाई सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    जन्मदिनमा युवा व्यवसायी पन्थद्वारा उज्यालो घरलाई सहयोग

    खबरपुञ्ज संवाददाता

    ५ श्रावण २०७८, बुधबार

    दमौली : व्यास नगरपालिका-३ निवासी युवा व्यवसायी अजित पन्थले जन्मदिनको अवसरमा उज्यालो घरलाई सहयोग गरेका छन् । पन्थले व्यास-१० वैरेनीमा असहाय बालबालिकालाई सहारा दिइरहेको उज्यालो घरलाई खाद्यान्न सहयोग गरेका हुन् ।

    २ बोरा चामल, १ बोरा दाल १, कार्टुन तेल, १ दर्जन लुगा धुने साबुन, १ दर्जन नुहाउने साबुन, १ दर्जन चियापत्ती, १ दर्जन फुटबल र एउटा मोवाईल सेट सहयोग गरेको पन्थले बताए । सामाजिक काममा रुची राख्ने भएकाले फजुल खर्च गर्नुभन्दा आवश्यकता भएकालाई सहयोग गरेर जन्मदिन मनाउन पाउँदा खुशी लाग्ने पन्थले बताए । “श्रीमती लक्ष्मीले प्रोत्साहन गरेका कारण बालबच्चाहरुलाई सहारा दिईरहेको उज्यालो घरमा पुगेर सहयोग गरेको हूँ,” उनले भने ।

    उज्यालो घरमा हाल आठ जना बालबालिकाले सहारा पाएका छन् ।