तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँका थप एकको मृत्यु भएको छ । म्याग्दे-५ की ४० वर्षीया महिलाको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । उनमा साउन २ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
८० परीक्षण : ३४ सङ्क्रमित
बिहीबार तनहुँमा ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ८० जनाको परीक्षण गरिएकामा ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमितमध्ये १८ महिला र १६ पुरुष छन् ।