पाेखरा : पोखरा महानगरपालिका–२७ तालचोकमा बिहीबार मोटरसाइकल र स्कूटर ठोक्किदा तनहुँका तीन जना घाइते भएका छन् । बा ८८ प ७०८७ नम्बरको स्कूटर र ग २० प ४६७२ नम्बरको मोटरसाइकल ठोक्किदा शुक्लागण्डकी नगरपालिकाका दुई र म्याग्देका एक जना घाइते भएका हुन् ।
दुर्घटनामा मोटरसाइकल चालक शुक्लागण्डकी–३ बस्ने २८ वर्षीय गणेश बस्ताकोटी, निजको भाई बुहारी २४ वर्षीया रुविना बस्ताकोटी घाइते भएका छन् । त्यस्तै स्कूटर चालक म्याग्दे–२ बस्ने ३३ वर्षीय अनिल विक घाइते भएको प्रहरीले जनाएको छ ।