आँबुखैरेनी : अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्दे दश सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले आँबुखैरेनीको विभिन्न वडाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्दै गरेको अवस्थामा दश वटा सवारी साधनलाई नियन्त्रणमा लिएर जरीवाना गराएको हो ।
आँबुखैरेनी गाउँपालिका–२ स्थित मस्र्याङ्दी नदीको नारीघाटमा गिटी बालुवा उत्खनन् गरी ओसारपसार गर्दै गरेको अवस्थामा ना ६ त ५८५१, ग १ त ४४०२, ग १ त २९४६, ग १ त ६५६७, ग १ त ६४४४ र ना ५ त ४३२६ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
त्यस्तै आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मस्र्याङ्दी नदीमा स्काभेटर र डोजर प्रयोग गरी बालुवा उत्खनन् गर्दै गरेको अवस्थामा चेनवाला स्काभेटर, प्रदेश ३–०१–००३ क ७०९१ नम्बरको डोजर, ग १ ख ८२०९ र ग १ क ५२२१ नम्बरको टिप्पर नियन्त्रणमा लिइएको छ ।
नियन्त्रणमा लिइएका सवारीलाई आँबुखैरेनी गाउँपालिका पठाइएकामा ग १ त ४४०२ नम्बरको ट्याक्टरलाई रु १५ हजार, ग १ त ४६२३ को ट्याक्टर, प्र.३–०१–००३ क ७०९१ नम्बरको डोजर, ग १ ख ८२०९ र ग १ क ५२२१ नम्बरको टिप्परलाई प्रति सवारीसाधन रु २० हजारका दरले रु ८० हजार, ना ६ त ५८५१, ग १ त ६५६७, ग १ त ६४४४ र ना ५ त ४३२६ नम्बरको ट्याक्टरहरुलाई प्रतिट्याक्टर रु १२ हजारका दरले रु ४८ हजार तथा चेनवाला स्काभेटरलाई रु ३० हजार गरी जम्मा रु एक लाख ७३ हजार जरीवाना गराइएको छ ।