घिरिङलाई दुई लाखको स्वास्थ्य सामग्री हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    घिरिङलाई दुई लाखको स्वास्थ्य सामग्री हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    १५ श्रावण २०७८, शनिबार

    घिरिङ: कारितास नेपाल धोविघाट ललितपुरले तनहुँको घिरिङ गाउँपालिकालाई दुई लाख भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड-१९ सँग जुध्न उक्त संस्थाले गाउँपालिकालाई रु दुई लाख १८ हजार पॉच सय ३७ बराबरका स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

    कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको संस्थाका प्रतिनिधि प्रकाशचन्द्र चाडले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले स्वास्थ्य सामग्रीले कोभिड नियन्त्रणका लागि सहयोग पुग्ने भन्दै उक्त संस्थाप्रति धन्यवाद व्यक्त गरे ।

    गाउँपालिकालाई मास्क, स्यानीटाइजर, पिपिई, पञ्जा, फेसशिल्ड, स्यानीटाइजर लगायतका सामग्री सहयोग गरिएको छ ।

    यसअघि सोही संस्थाले दमौली अस्पताल र शुक्लागण्डकीस्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई रु ३० लाख ५२ हजार एक सय ५७ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।