ऑबुखैरेनी : तनहुँको ऑबुखैरेनी गाउँपालिका-४ भॉगेमा आधारभूत स्वास्थ्य केन्द्रको भवन उद्धाटन गरिएको छ । हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने उद्धेश्य बमोजिम भॉगेमा आधारभूत स्वास्थ्य केन्द्रको भवन उद्घाटन गरिएको हो ।
भवनको शुक्रबार उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकता दिइएको बताए । वडाध्यक्ष नेत्र गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले आधारभूत स्वास्थ्य केन्द्रबाट सेवा लिएर लाभान्वित हुन आग्रह गरे ।
कार्यक्रममा योजना अधिकृत टेकनाथ पराजुली, कार्यपालिका सदस्य मिलन भुजेल लगायतको उपस्थिति थियो ।
गाउँपालिकाले वडा नम्बर १ र २ मा पनि आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरिसकेको छ ।