नेकपा माओवादी बन्दिपुर–२ मा तिलक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    नेकपा माओवादी बन्दिपुर–२ मा तिलक

    खबरपुञ्ज संवाददाता

    २३ श्रावण २०७८, आईतवार

    बन्दिपुर : नेकपा माओवादी केन्द्र बन्दिपुर–२ को अध्यक्ष तिलकबहादुर कुंवर चयन भएका छन् । आइतबार भएको भेलाले कुंवरको अध्यक्षतामा वडा कमिटी चयन गरेको हो ।

    भेलाले वडा कमिटीको सचिवमा दिपक विश्वकर्मा र सदस्यहरुमा सुकबहादुर मगराती, मिनाकुमारी बानियाँ, शरण विक, शान्तिराज वैरागी, दिवस पौडेल, दिपक थापा, राजेन्द्र भट्ट, कृष्ण शाही, सुनिल कुंवर, विपीन शाही, चन्द्रबहादुर थापा, दिलीप आले, बुद्धि गुरुङ, मधु नेपाली, प्रेमबहादुर बानियाँ, मिना गुरुङ, सन्तोष कुंवर, बुद्धिबहादुर गुरुङ र पदमबहादुर गुरुङलाई चयन गरेको छ । पाँच जना सदस्य पछि थप गरिने बताइएको छ र

    नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य हेमराज लामिछानेले माओवादी केन्द्र सङ्गठन सुदृढीकरणको अभियानमा लागेको बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला सदस्य एवं बन्दिपुर सचिव जीवन कायस्थ, कम्युनिष्ट नेता खुमबहादुर कुंवर, जिल्ला सदस्य एवं वडा इन्चार्ज सुदिन पौडेल लगायतले मन्तव्य राखेका थिए ।

    सो क्रममा विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्र प्रवेश गर्नेलाई स्वागत गरिएको थियो ।