गण्डकीको शिक्षा निर्देशनालय प्रमुखमा आचार्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीको शिक्षा निर्देशनालय प्रमुखमा आचार्य

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    पोखरा : गण्डकी प्रदेशको शिक्षा विकास निर्देशनालयको प्रमुखको जिम्मेवारी अम्बिका आचार्यले पाएका छन् । सामाजिक विकास मन्त्रालय मातहत रहेको निर्देशनालयको निर्देशकको जिम्मेवारी आचार्यले प्राप्त गरेका हुन् ।

    तनहुँको व्यास नगरपालिका-५ चापाघाट निवासी आचार्य यसअघि धादिङको शिक्षा विकास समन्वय इकाईको प्रमुख थिए । उनले कास्कीमा जिल्ला शिक्षा अधिकारीको रुपमा समेत काम गरिसकेका छन् ।

    गण्डकी प्रदेशको शैक्षिक विकासका लागि सबैको सल्लाह, सुझाव अनुसार काम गर्ने आचार्यले बताए ।