मेस्सीलाई रामोसको प्रश्न- यो कसैले सोचेको थियो र, लियो ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    मेस्सीलाई रामोसको प्रश्न- यो कसैले सोचेको थियो र, लियो ?

    खबरपुञ्ज संवाददाता

    २८ श्रावण २०७८, शुक्रबार

    एजेन्सी : लियोनेल मेस्सी र सर्जियो सामोसले एकअर्काविरुद्ध लामो समयसम्म खेले । अघिल्लो वर्ष एल क्लासिको हुँदा मेस्सी बार्सिलोनाको र रामोस रियल मड्रिडका कप्तान थिए ।

    उनीहरु डेढ दशक भन्दा बढी एकअर्काविरुद्ध खेले । त्यसबीचमा उनीहरुले कयौं पटक एक-अर्काको सामना गरे । तर, अहिले अवस्था फरक भएको छ । दुवैजना अहिले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका छन् ।

    दुवै फ्री एजेन्टका रुपमा यसै सिजन पिएसजीमा आवद्ध भएका हुन् । लामो समय एकअर्काका प्रतिद्वन्दी बनेर खेलेका यी दुई अब सँगै खेल्नेछन् ।

    केही समयअघि मात्रै पीएसजी पुगेका रामोसले मेस्सीलाई पीएसजीमा स्वागत गरेका छन् । बुधबार मेस्सीले पीएसजीसँग आधिकारिक रुपमा अनुबन्धन गरेपछि रामोसले सामाजिक संजालबाट स्वागत गरेका हुन् ।

    उनले ट्वीटरमा लेखेका छन्, ‘यो कसले सोचेको थियो होला र ? कि कसो लियो ? स्वागत छ।’ रामोसले ट्वीटमा एउटा फोटो राखेका छन् । जसमा सेतो रंगमा उनको जर्सी र मेस्सीको निलो रंगमा जर्सी छ।

    अब मेस्सी र रामोस मिलेर च्याम्पियन्स लिगको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । यी दुई खेलाडीलाई नेयमारर एमबाप्पेको साथ रहेको छ ।

    अब पिएसजीमा मेस्सी, एमबाप्पे र नेयमारको अग्रपंक्ति हुनेछ । यससलाई अहिलेको विश्व फुटबलकै उत्कृष्ट अग्रपंक्तिको रुपमा लिईएको छ।