दमौली : व्यास नगरपालिका अन्तरगतका विद्यालय र क्याम्पसमा कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीलाई एष्ट्राजेनेका खोप प्रदान गरिने भएको छ । भदौ ७ र ८ गते व्यास नगरपालिका सभाहलमा विद्यार्थीलाई खोप प्रदान गर्न लागिएको हो ।
स्वास्थ्य सेवा विभागको भदौ ३ गतेको निर्णय अनुसार १८ वर्ष पूरा भएका कक्षा १२ का विद्यार्थी, सीमा नाकामा प्रवेश विन्दुहरुबाट नेपाल प्रवेश गर्ने १८ वर्ष पूरा भएका नागरिक र यस अघि प्राथमिकतामा परी छुट भएका नागरिकका लागि खोप लगाइने स्वास्थ्य शाखा अधिकृत प्रमोद सोतीले जानकारी दिए ।