बन्दिपुरका ४०९ व्यवसायीलाई खोप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दिपुरका ४०९ व्यवसायीलाई खोप

    खबरपुञ्ज संवाददाता

    ४ भाद्र २०७८, शनिबार

    बन्दिपुर : तनहुँको बन्दिपुर गाउँपालिकाका ४ सय ९ जना व्यवसायीलाई कोरोना विरुद्धको खोप लगाइएको छ । बन्दिपुर अस्पताल र पिप्ले स्वास्थ्य केन्द्रमा व्यवसायीलाई एष्ट्राजेनेका खोप लगाइएको हो ।

    त्यस्तै ४८ जनालाई कोभिशिल्डको दोस्रो मात्रा खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख अंजिर भट्टराईले जानकारी दिए । व्यवसायीलाई खोप दिनुपर्ने माग गर्दै आएको तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार एकाई, विमलनगर-याम्पा ईकाइ र बन्दिपुर ईकाइको पहलमा उनीहरुलाई खोप लगाइएको तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार ईकाइ सभापति राजेश श्रेष्ठ राजुले बताए ।

    गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा खोप लगाएपछि व्यवसायीले सुरक्षित भएको महशुस गरेका छन् ।