म्याग्दे : राष्ट्रिय युवा सङ्घ म्याग्दे गाउँपालिका–२ को अध्यक्षमा अमिर श्रेष्ठ चयन भएका छन् । बुधबार सम्पन्न भएको भेलाले श्रेष्ठको अध्यक्षतामा ७५ सदस्यीय वडा कमिटी गठन गरेको छ ।
जसको उपाध्यक्षमा क्षितिज रानाभाट, विमल प्रधान, सचिवमा आश्विन रानाभाट, कोषाध्यक्षमा बसन्त थापा चयन भएका छन् ।
भेलालाई नेकपा एमाले तनहुँका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ, राष्ट्रिय युवा सङ्घका जिल्ला अध्यक्ष उज्वल खनाल लगायतले सम्बोधन गरेका थिए ।