नदीजन्य पदार्थ उत्खनन् गर्ने १४ ट्याक्टर नियन्त्रणमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    नदीजन्य पदार्थ उत्खनन् गर्ने १४ ट्याक्टर नियन्त्रणमा

    खबरपुञ्ज संवाददाता

    १९ आश्विन २०७८, बुधबार

    दमौली : व्यास नगरपालिका-५ चापाघाटस्थित मादी नदीमा उत्खनन् एवं ओसारपोसारमा संलग्न ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन् गरेको अभियोगमा १४ ट्याक्टर नियन्त्रणमा लिइएको हो ।

    प्रहरीका अनुसार ग १ त ६५६९,ग १ त ५९५८, ग १ त ४६२१, लु ३ त २१९०, ग १ त ४०१८, ग १ त ४४८८, ग १ त ५१६८, ग १ त ३९२७, ना ५ त ३९१४, ग १ त ५७३३, ग १ त ४८९०, ग १ त ५३९५, ग १ त ३१९४ र ग १ त २६३० नं. को ट्याक्टर नियन्त्रणमा लिइएको छ ।

    नियन्त्रणमा लिइएका ट्याक्टर व्यास नगरपालिकाको कार्यालय तनहुँमा पठाइएकामा नगरपालिकाले बालुवा बोकेका तीन ट्याक्टरलाई आठ हजारका दरले र अन्य ११ ट्याक्टरलाई चार हजारका दरले जरीवाना गरेको छ।

    फाइल फोटो