बडादशैंमा सांस्कृतिक कार्यक्रम : नृत्य, गजलदेखि एकल गायनसम्मको प्रस्तुती
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बडादशैंमा सांस्कृतिक कार्यक्रम : नृत्य, गजलदेखि एकल गायनसम्मको प्रस्तुती

    खबरपुञ्ज संवाददाता

    १९ आश्विन २०७८, बुधबार

    दमाैली : तनहुँको व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ ) मा बडादशैंको अवसरमा मंगलबार सांस्कृतिक कार्यक्रम आयोजना गरियो । उक्त कार्यक्रममा गजल, तामाङ सेलो, कौरा नृत्य, एकल गायनका साथै तेक्वान्दोका कौशल समेत प्रस्तुत गरियो ।

    उक्त कार्यक्रममा गणमै कार्यरत सेनाका जवान तथा अधिकृतहरुले नृत्य प्रस्तुत गर्नुका साथै गजल तथा गीत गाएका थिए । कार्यक्रममा मगर समुदायको कौरा र तामाङ समुदायको तामाङ सेलो नृत्य प्रस्तुत गरियो । गणमै कार्यरत सेनाले तेक्वान्दोका कौशल समेत प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा कालीभञ्जन गण (इ) का गणपति प्रमुख सेनानी मनोज गुरुङले दशैंको शुभकामना व्यक्त गरेका थिए ।