दमौली : तनहुँको बन्दिपुर गाउँपालिका-५ बाहुनभन्ज्याङमा सोमबार सॉझ चितुवाको आक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु भयो । विगत केही वर्षयता तनहुँमा चितुवाको आतङ्क छ ।
बन्दिपुरमा बालिका आक्रमण गर्ने चितुवाले फेरि मानिसमाथि आक्रमण गर्न सक्ने भएकाले सचेत रहन डिभिजन वन कार्यालय तनहुँले आग्रह गरेको छ। चितुवासँग जोगिन सॉझ तथा रातको समयमा घर गोठ उज्यालो राख्न वनले अनुरोध गरेको छ।
“एकपटक आक्रमण गरेको चितुवाले फेरि मानिसलाई आक्रमण गर्न सक्ने सम्भावना हुन्छ, त्यसका लागि सतर्क बन्नुपर्छ,” डिभिजन वन प्रमुख कोमलराज काफ्लेले भने, “घर गोठ बलियो पारौ, झाडी सफा गरौ, बिहान साँझ एक्लै नहिडौं, बच्चाहरुलाई एक्लै घर बाहिर नपठाऔ, बच्चा तथा वृद्धहरुको विशेष ख्याल र रेखदेख गरौ।”
मृग, वन कुखुरा लगायत वन्यजन्तु मानिसले शिकार गरिदिँदा वनमा आहाराको अभाव भै चितुवाले मानिसको शिकार गर्ने गरेको काफ्लेले बताए । “वन्यजन्तुको चोरी शिकार गर्नेलाई पक्राउ गर्न सबैले सहयोग गर्नुपर्छ,” उनले भने ।