श्रममन्त्री श्रेष्ठ ‘अबुधाबी डायलग’ मा सहभागी हुन युएइ जाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    श्रममन्त्री श्रेष्ठ ‘अबुधाबी डायलग’ मा सहभागी हुन युएइ जाने

    खबरपुञ्ज संवाददाता

    १ कार्तिक २०७८, मंगलवार

    काठमाडौ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसान यूएइ जाने भएका छन्।

    अक्टोबर २५ देखि २९ सम्म हुन लागेको छैठौ मन्त्रिस्तरीय अबुधाबी डायलगमा सहभागी मन्त्री श्रेष्ठ युएइ जान लागेका हुन् । त्यसका लागि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृति दिएको छ।

    श्रमिक पठाउने र लिने देशहरुको साझा फोरम हो अबुधाबी डायलग । यसपटकको छलफल श्रमिक आपुर्ति प्रक्रियालाई थप पारदर्शी बनाउने विषयमा केन्द्रित हुने मन्त्रालयले जनाएको छ ।

    त्यस्तै अवैध कामदारको आयात र निर्यातको रोकथाम, श्रमिकको हकहित र सामाजिक सुरक्षाका विषयमा पनि डायलगमा छलफल हुनेछ ।

    डायलगमा श्रमिक पठाउने देशहरु नेपाल सहित भारत, पाकिस्तान, श्रीलंका, म्यानमार, थाइल्याण्ड, फिलिपिन्स, बंगलादेश र भियतनाम सहभागी हुर्दैछन । त्यस्तै श्रमिक लिने देशहरु यूएइ, मलेसिया, कतार, कुवेत, साउदी अरब, बहराइन, यमन सहभागी हुनेछन् ।