फेरि मौसम बदली र वर्षा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    फेरि मौसम बदली र वर्षा

    खबरपुञ्ज संवाददाता

    ४ कार्तिक २०७८, शुक्रबार

    काठमाडौँ : हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहे पनि देशभर आंशिकदेखि सामान्य बदली र केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    अहिले प्रदेश नम्बर १ र वाग्मती प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पानि सोही मौसमी प्रणाली कायम रहने जनाइएको छ ।

    शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । अहिले प्रदेश नम्बर १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । काठमाडौं उपत्यकामा आज बिहानैदेखि बदली रहेको छ । बदलीका कारण उपत्यकामा केही चिसो महसुस गरिएको छ । काठमाडौंको अधिकतम २८ दशमलव पाँच र न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस रहेको छ ।

    केही दिनअघि मौसममा आएको परिवर्तनसँगै निम्तिएको बाढीपहिरोमा परी कम्तीमा १०४ जनाको ज्यान गएको छ । गृह मन्त्रालयको बिहीबार बेलुकासम्मको तथ्यांकअनुसार ४१ जना घाइते छन् ।