पोखरा : नेकपा एमालेको पोखर् महानगर अध्यक्षमा दिलिप न्यौपाने सर्वसम्मत रुपमा चुनिएका छन् । लामो रस्साकस्सीपछि न्यौपानेले ५ आकांक्षीलाई पछि पार्दै नेतृत्व युवामा झारेका हुन् ।
दीपक पौडेल, तेजनारायण अधिकारी, धनबहादुर नेपाली र हरि त्रिपाठीले अध्यक्षमा मनोनयन दिएका थिए ।
उपाध्यक्षमा मोहन गुरुङ, सचिवमा जीवन आचार्य चयन भए । उपसचिवमा रामचन्द्र थापा र सीता विक चयन भएका छन् । याेसँगै कास्कीमा माछापुच्छ्रे बाहेक सबै पालिकामा अधिवेशन सकिएकाे छ । माछापुच्छ्रेमा पनि आजै टुंग्याउने बताइएकाे छ ।