छब्दीमा भलिबल सुरु, उद्घाटन खेलमा लामागाउँ विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    छब्दीमा भलिबल सुरु, उद्घाटन खेलमा लामागाउँ विजयी

    खबरपुञ्ज संवाददाता

    १३ कार्तिक २०७८, आईतवार

    दुलेगौँडा : छब्दी देउराली युथ क्बलको आयोजनामा आईतबारदेखी प्रथम साविक तथा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो । शुक्लागण्डकी नगरपालिका–१० कुसुन्डे खेल मैदानमा सुरु प्रतियोगिताको उद्घाटन खेलमा लामागाउँ युथ क्लब विजयी भएको छ ।


    आयोजक ‘बि’ (छब्दी युथ क्लब) लाई २–१ को सेटमा पराजित गर्दै लामागाउँले अघिल्लो चरणको यात्रा तय गरेको हो । पहिलो सेटमा लामागाउँले २५–११ को फराकिलो अन्तरले विजयी हात पा¥यो । दोस्रो सेटमा छब्दीले लामागाउँलाई २५–१९ को स्कोरमा हराउँदै खेलमा पुनरागमन गर्ने आश जगायो । घरेलु मैदानमा भएको प्रतियोगितामा खेलाडीबिच तालमेल नहुदाँ छब्दी तेस्रो सेटमा लामागाउँसँग २५–२१ ले पराजित हुदैँ प्रतियोगिताबाट बाहिरिएको छ ।


    प्रतियोगिता १८ कात्तिकसम्म चल्नेछ । प्रथम हुनेले नगद ४० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो र तेस्रोले क्रमश ः नगद २५ हजार रुपैयाँ, १५ हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।


    प्रतियोगितामा भेट्रान्स भलिबल पनि हुनेछ । भेट्रान्सतर्फको पहिलोले खसी र दोस्रोले बोका सहित मेडल र प्रमाणपत्र पाउने जनाईएको छ ।


    प्रतियोगिताको युवा व्यवसायी विकास श्रेष्ठले उद्घाटन गरे । उनले खेलकुदको माध्यमबाट खेलाडीले समाज परिवर्तन गर्न सक्ने बताए । क्बलका अध्यक्ष सुमन खड्काको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा शुक्लागण्डकी–१० का वडाध्यक्ष रामचन्द्र भण्डारी, वडा सदस्य केशव थापा, राजेन्द्र भट्टराई क्षेत्री, राधादेवी पौडेल, विनु विक, वडा खेलकुद विकास समितिका अध्यक्ष जिवन भट्टराई क्षेत्री, छब्दी मावीका सहायक प्रधानध्यापक कृष्णप्रसाद पाठक लगायतले बोलेका थिए ।